खगेन्द्र संग्रौलालाई डलर खाएकै हुन् त भनी सोध्नु आफैंमा ‘मिलियन डलर क्वेश्चन्’ हुन्थ्यो । साधारणतया पत्रकारितामा यस्तो ठाडो र मानहानिजन्य प्रश्न सोधिन्न । तर यसपल्ट सामाजिक सन्जालमा उनीसमेत विभिन्न लेखक तथा बौद्धिकलाई जोडेर तस्बिर भाइरल भइसकेपछि यो नसोध्न पनि मिलेन ।
↧