Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Viewing all articles
Browse latest Browse all 1397

देउवा इतिहासकै निकम्मा

$
0
0

१३ मंसिर, नुवाकोट (ककनी) । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई ‘निकम्मा सभापति’ को उपमा दिएका छन् । देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति भएकाले अब उनीबाट पार्टी सञ्चालन हुन नसक्ने केसीको ठहर छ ।

प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै कांग्रेसका जिल्ला सभापतिहरु ककनीमा भेला भएका बेला सभापति केसीले देउवाविरुद्ध आक्रोश पोखेका हुन् ।

‘उहाँ (देउवा) प्रजातान्त्रिक कांग्रेसको मात्रै सभापति हुनुभयो । विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलाई मात्रै पदाधिकारी नियुक्त गर्नुभयो,’ केसीले भने, ‘यसले के देखाउँछ भने उहाँ प्रजातान्त्रिक कांग्रेसको मात्रै नेता हुनुभयो । अब उहाँबाट पार्टी चल्दैन ।’

कांग्रेसका युवा नेता केसीले अगाडि भने, ‘शेरहादुर देउवा सभापति भएपछि गुटैगुट भयो । उहाँ कांग्रेसको भन्दा गुटको मात्रै सभापति हुनुभयो । गुटको नेताले कांग्रेसको पार्टी सभापति हुने हैसियत राख्नुहुन्न । उहाँ पार्टी जीवनको निकम्मा सभापतिका रुपमा प्रस्तुत हुनुभयो ।’

जिल्ला सभापति केसीले पार्टीको प्रस्तावित विधान जस्ताको त्यस्तै पारित भए पार्टीको निर्वाचित संस्था भंग हुन सक्ने बताउँदै विधान सच्याउन माग गरेका छन् ।

‘प्रस्तावित विधानको संक्रमणकालीन व्यवस्थाको भाग २ मा निर्वाचित संस्था पनि भंग गर्न सक्नेछ भन्ने व्यवस्था छ । विधान जस्ताको तस्तै पारित भयो भने, यो विधान आएको भोलिपल्ट नुवाकोटा कांग्रेस पनि भंग हुन सक्ने भयो’, केसी भन्छन्, प्रस्तावित विधानमा के लेखियो भने निर्वाचित संस्था पनि भंग हुन सक्ने व्यवस्था विधानमा आएको रहेछ, यो खारेज हुनुपर्छ ।’

केसीसँग जिल्ला सभाापतिहरुको भेलाको सन्दर्भ अनि कांग्रेसको अवस्थाबारे ककनीमा अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी-

काठमाडौंमा केन्द्रीय कार्य समितिको बैठक चलिरहेको छ, तपाईहरु यता ककनीमा छुट्टै भेलामा हुनुहुन्छ, यो आवश्यकता हो कि अरु नै केही ?

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रस्तावित विधान प्रस्तुत गरिएको छ । विधान निर्माणको विषयमा मकवानपुरमा भएको राष्ट्रिय भेलामा पनि हामीले सुझाव दिएका थियौं । जिल्लाबाट पनि हामीले सुझाव दियौं । मस्यौदा समितिले पनि तल्लो तहबाट सुझाव लिने काम गर्‍यो । तर, सुझाव लिने काम मात्र भयो, ती सुझावलाई प्रस्तावित विधानमा समावेश गरिएन । सुझावहरु रद्दीको टोकरीमा हाल्ने र विधान आफ्नो हिसावले बनाउने काम भयो । यसरी अल्पमत, फरक मत राख्ने गरी प्रस्तावित विधान किन बनाइयो ? यो विषय गम्भीर भयो । त्यसैले जिल्ला सभापतिहरुको भेला आवश्यक ठानियो र हामी एकै ठाउँमा भेला भएका हौं ।

छलफलमा कति जिल्लाका सभापतिहरुको सहभागिता भयो ?

६४ जिल्लाका सभापतिहरु सहभागी हुनुभएको छ । केहीले विविध व्यस्तताले आउन नसक्ने जानकारी गराउनुभएको थियो । समग्रमा जिल्ला सभापतिहरुको बैठक अत्यन्त सफलतापूर्वक पूर्णरुपमा सफल भएको छ र छलफल सकारात्मक भएको छ ।

कसैले मनोनित गर्दैमा नेता भइँँदैन । केही मनोनितबाट नेता बन्या छन् भने उनीहरु जनता र पार्टीप्रति जिम्मेवार हुँदैनन् । पार्टीसँग उसलाई के सरोकार ? ऊ त जसले मनोनित गर्‍यो, उसैप्रति जिम्मेवार र उत्तरदायी हुन्छ । मनोनितलाई शून्य पार्ने र मनोनितको प्रावधान नै हटाउने मेरो व्यक्तिगत धारणा पनि हो ।

यो कुन गुटको भेला हो ?

कांग्रेसका कुनै पनि जिल्ला सभापतिहरुले कुनै गुट चिन्दैनन् । को गुट ? शेरबहादुर गुट, रामचन्द्र गुट, कुन गुट, कुन गुट होइन । हामीले गुट चिनेका छैनौं । हामीले कांग्रेस चिन्या छौं । कांग्रेसको संगठन चिन्या छौं । यसलाई बलियो बनाउनुपर्छ र नेपाली जनताको चाहना, भावनालाई केन्द्रबिन्दुमा राखेर विधान बनाउनुपर्छ भन्ने लागेको छ ।

भेलामा गुटगत दृश्य देखिएन त ?

देखिएन । गुटका कुनै पनि पक्ष देखिएनन् र कोही पनि त्यसरी प्रस्तुत हुनुभएन । पदाधिकारीको संख्या र केन्द्रीय समितिको संख्या वृद्धि हुनुपर्छ वा हुँदा राम्रो भन्नेखालका अभिव्यक्तिहरु आएका छन्, जुन विषयमा फरक मतसहित प्रस्तावित विधान तयार भएको छ । केन्द्रको भावनाभन्दा पृथक विचार यहाँ आएको छ । केन्द्रमा पदाधिकारी संख्या थप्नै हुन्न भन्ने गुटभित्रका भनिएका सभापतिहरुले पनि यहाँ पदाधिकारी थपिनुपर्छ भनेर राख्नुभएको छ ।

त्यसकारण यहाँ केन्द्रको भावना मुखरित भएन । त्यसकारणले गर्दा यी विषयवस्तुहरुलाई हामीले स्वतन्त्र ढंगले छलफल गरेका छौं । केन्द्रका नेताहरुले के भन्छन् भन्ने कुराको ख्याल गरेका छैनौं । सबैको भावना बुझेर, परिस्थिति बुझेर पार्टीलाई कसरी सदृढ गरेर जान सकिन्छ, त्यो मात्रै हाम्रो चासोको बिषय हो ।

यसअघि चुनावमा टिकट वितरण गर्दा तल्लो तहलाई केन्द्रले हस्तक्षेप गर्नुहुँदैन भन्ने तपाईहरुको माग थियो । अबचाहिँ जिल्ला सभापतिहरुलाई विधानमा के-के अधिकार चाहियो ?

केन्द्रले प्रदेशलाई अधिकार दिने कुरामा कन्जुस्याईँ गर्न खोज्दैछ । तर, त्यो कन्जुस्याईं गर्नुपर्ने कुनै कारण छैन । अधिकार प्रदेशलाई दिनुपर्छ । प्रदेशभित्रको टिकट वितरण प्रदेशले गर्न पाउनुपर्छ । जिल्लाभित्रको टिकट वितरण जिल्लाले पाउनुपर्छ । केन्द्रको टिकट वितरण केन्द्रले गर्छ ।

त्यसकारण टिकट वितरण गर्दाखेरि अधिकारक्षेत्र प्रष्ट हुनुपर्छ । अधिकार जति केन्द्रमा केन्द्रीकृत गर्ने अनि हामी विकेन्द्रिकृत भनेर भाषा मात्रै प्रयोग गर्ने ? त्यसकारण सातवटा प्रदेशको सभापति केन्द्रीय समितिको पदेन सदस्य हुनुपर्छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता खारेज गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ । बरु हिजोकै व्यवस्थापनलाई राम्रोसँग व्यवस्थापन गर्दा हुन्छ भन्ने आवाज उठेको छ । सम्पूर्ण पदाधिकारी निर्वाचित हुनुपर्छ भन्ने खालको विषय उठेको छ । मनोनयनको प्रथालाई अन्त्य गर्नुपर्छ भनेर आएको छ । मलाई व्यक्तिगत रुपमा पनि सबै प्रतिनिधि, पदाधिकारीहरु निर्वाचित भएर आउनुपर्छ भन्ने लाग्छ । मनोनित र मनोनयन चाँहि शून्य बनाउनुपर्छ ।

नेता बनाउने निर्वाचनले हो । मतदानबाट नेता बन्ने हो । कसैले मनोनित गर्दैमा नेता भइँँदैन । केही मनोनितबाट नेता बन्या छन् भने उनीहरु जनता र पार्टीप्रति जिम्मेवार हुँदैनन् । पार्टीसँग उसलाई के सरोकार ? ऊ त जसले मनोनित गर्‍यो, उसैप्रति जिम्मेवार र उत्तरदायी हुन्छ । मनोनितलाई शून्य पार्ने र मनोनितको प्रावधान नै हटाउने मेरो व्यक्तिगत धारणा पनि हो ।

सभापतिहरुको भेलामा कस्ता-कस्ता विषय उठे ?

अधिकांश सभापतिहरुले अनुशासनका कुरा उठाउनुभएको छ । विधानलाई पूर्णरुपले पालना गर्ने/नर्गने कुरा, विधानको पालना नर्गनेलाई गर्ने के ? हामीसँग कुनै मेकानिज्म नै भएन । नगरे पनि हुने, गरे पनि हुने ।

प्रदेशलाई अधिकार दिनुपर्छ र प्रदेश सभापति केन्द्रीय समितिको पदेन सदस्य हुनुपर्छ भन्ने कुराहरु उठेका छन् । महिलाहरुमध्येबाट पनि पदाधिकारी हुनुपर्छ भनेर महिला सभापतिहरुले उठाउनुभएको छ । यिनै विषयको सेरोफेरोभित्र रहेर छलफल भयो । यो छलफल नेपाली कांग्रेसको विधानलाई सुन्दर बनाउने, सशक्त बनाउने, स्थायित्व दिने र विधानले भविश्यसम्म पनि काम गरोस् भन्ने उद्देश्यमा केन्द्रित छ ।

हरेक महाधिवेशनमा विधान बनाउनुपर्ने र हरेक महासमिति बैठकमा संशोधन गर्नुपर्ने ? यस्तो त भएन । कम्तिमा दुई/तीनवटा महाधिवेशनसम्म एउटा विधान चलोस् भन्ने हाम्रो चाहना हो । त्यसैले यो हामी विधानलाई राम्रो बनाउन चाहन्छौं ।  विधानको मर्मलाई बुझेर सबैले काम गर्नुपर्छ र हामी सबै सभापतिहरुले पार्टीको विधानलाई सशक्त बनाउन सहयोग र दवाब दिनुपर्छ । अब हुने कांग्रेस सशक्त हुनुपर्‍यो, सुदृढ हुन पर्‍यो भन्ने कुरा नै छलफलमा आए ।

पहिले प्रजातान्त्रिक कांग्रेसमा गएका विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलाई मात्रै पदाधिकारी नियुक्त गर्नुभयो । उहाँलाई सहयोग गर्ने संस्थापन पक्षका कसैलाई पनि उहाँले पार्टीको कार्यकर्ता नै गन्नुभएन । बाइपास गर्दै जानुभयो । यसले के देखाउँछ भने उहाँ प्रजातान्त्रिक कांग्रेसको मात्रै नेता हुनुभयो । अब उहाँबाट यो पार्टी चल्दैन ।

प्रस्तावित विधानमा हटाउनैपर्ने अरु व्यवस्था के के छन् ?

प्रस्तावित विधानको संक्रमणकालीन व्यवस्थाको भाग २ मा निर्वाचित संस्था पनि भंग गर्न सक्ने व्यवस्था छ । यो विधान जस्ताको त्यस्तै पारित भयो भने यो विधान आएको भोलिपल्ट नुवाकोट कांग्रेस भंग हुन सक्ने भयो । प्रस्तावित विधानमा के लेखियो भने निर्वाचित संस्था पनि भंग हुन सक्नेछ । अहिले संक्रमणकाल भयो, निर्वाचित संस्थालाई भंग गर्न सकियो । कुनै पनि सभापति भंग गर्न सकिने भयो । यस्तो पनि व्यवस्था आएको रहेछ । यो पनि खारेज हुनुपर्छ ।

सभापतिहरुको भेलालाई आधार मान्दा पार्टीमा अहिले के चिज खड्किएको रहेछ ?

कांग्रेसमा सुदृढीकरण र शुद्धीकरण दुबै हुनुपर्‍यो । कांग्रेसभित्र शुद्धीकरण नभएसम्म केही हुन्न । सुदृढीकरण नभएर पनि भएन । यी दुबै चीजको आवश्यकता परेको छ ।

युवाहरुलाई आकषिर्त गर्ने विधान बनाउनुपर्छ । अहिले हाम्रो नेतृत्वका कारण युवाहरु कांग्रेससँग विकर्षित भएका छन् । त्यसकारण विधानले कांग्रेसमा युवाहरुलाई आकषिर्त गर्न सक्नुपर्छ, त्यो कसरी गर्न सकिन्छ भन्ने हामी सबैको साझा चिन्ता र चासोको बिषय हो । सभापतिहरुले यही कुरालाई प्राथमिकताकासाथ राख्नुभयो ।

अब अलिकति कांग्रेसको आन्तरिक जीवनबारे कुरा गरौं, जिल्ला तहबाट हेर्दा सिंगो पार्टी कहाँ-कहाँ चुक्दैछ जस्तो लाग्छ तपाईलाई ?

शेरहादुर देउवा सभापति भएपछि गुटैगुट भयो । तर, योभन्दा पहिले दुईवटा टिम हुन्थ्यो । एउटा टिममा भोट हाल्थे, अर्कोले हार्थ्यो । एकखालको वातावारणमा मिल्दै जान्थ्यो । अहिले चाँहि गुटैगुट भयो । उहाँ कांग्रेसको भन्दा गुटको मात्रै सभापति हुनुभयो । त्यसकारण गुटको नेताले कांग्रेसको पार्टी सभापति हुने हैसियत राख्नुहुन्न ।

शेरबहादुर देउवा नेतृत्वमा नआउँदासम्म कांग्रेसमा गुटै थिएन त ?

अहिलेको जस्तोचाँहि थिएन । उहाँ प्रजातान्त्रिक कांग्रेसको मात्रै सभापति हुनुभयो । पहिले प्रजातान्त्रिक कांग्रेसमा गएका विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलाई मात्रै पदाधिकारी नियुक्त गर्नुभयो । उहाँलाई सहयोग गर्ने संस्थापन पक्षका कसैलाई पनि उहाँले पार्टीको कार्यकर्ता नै गन्नुभएन । बाइपास गर्दै जानुभयो । यसले के देखाउँछ भने उहाँ प्रजातान्त्रिक कांग्रेसको मात्रै नेता हुनुभयो । अब उहाँबाट यो पार्टी चल्दैन ।

केन्द्र र प्रदेशसभामा सभामुख/उपसभामुख फरक दलको हुनुपर्ने, छायाँ सरकार गठनका कुरा सभापतिकै कारण नभएको कि यसमा अन्य नेताहरु पनि बोलेनन् ?

कांग्रेसको इतिहासमा सबैभन्दा कमजोर र सिथिल र कुनै पनि निर्णय गर्न नसक्ने अनिर्णयको बन्दीको रुपमा रहेका सभापतिकै कारण अहिलेको यत्रो प्रतिपक्षी कांग्रेसले सशक्त भूमिका खेल्न सकेन । कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

धेरै घटनाक्रमलाई छाड्दै हिँड्यो नेतृत्व । सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुँदैन भन्ने स्पष्ट व्यवस्था संविधानमा छ । अहिले सौभाग्य कम्युनिस्टका, दुर्भाग्य हाम्रा ! सभामुख र उपसभामुख एउटै पार्टीको हुँदा नेपालको संबिधान मिचियो, हामीले केही दिन बोल्यौं । तर, अहिले हामी सिथिल भयौं । बोल्न छाड्यौं । यो त नेतृत्व नै होइन जस्तो भयो । यो त नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा निकम्मा नेतृत्व हो ।

केन्द्रले छायाँ सरकार बनाएर मलाई नुवाकोटमा पनि छायाँ सरकार बनाउ खै भनेको ? त्योखालको निर्देशन नभई मैले त बनाउन भएन । पार्टीको केन्द्रीय समिति केही गर्न तयार छैन । न छायाँ सरकारको कुरा गर्छ, न एयर बसको ६ अर्ब भन्दा बढीको घोटाला भएको आशंका भएको छ, त्यसमा छानविन गर्नुपर्छ भनेर आवाज उठाउँछ । न निर्मला हत्याकाण्डका बारेमा सशक्त आवाज उठाउन तयार छ । यसको पछाडि मेरो पार्टीको नेतृत्व कहाँ पुगेको छ, मलाई नै थाहा छैन ।

तपाईहरुको पार्टीमा महाधिवेशन लागे जस्तो भइसक्यो, शीर्षनेताहरु गुटगत भेलामा छन् । जिल्लाबाट हेर्दा आगामी महाधिवेशनको दृश्य कस्तो देखिन्छ ?

शेरबहादुर देउवा भर्सेस अर्को एबीसी हो । शेरबहादुर एउटा टिमबाट सभापतिमा लड्नुहन्छ । उहाँको विरुद्धमा अर्को टिमको नेतृत्व गरेर कोही आउँछ । तर, म अहिलेको अवस्थामा एबीसी लाई मतदान गर्छु, शेरबहादुरलाई गर्दिनँ ।

किन ? यसअघि देउवालाई भोट दिनुभएको होइन ?

उहाँ पार्टी जीवनको निकम्मा सभापतिका रुपमा प्रस्तुत हुनुभयो । अहिलेलाई यत्ति भन्छु ।

‘एबीसी’ भन्या कोइराला परिवार वा कि अरु ?

जो पनि हुन सक्छ । शेरबहादुरको खिलापमा जो कोही पनि हुन सक्छ । नुवाकोट पनि पार्टी हाँक्न सक्ने सम्भावना भएको जिल्ला हो । राष्ट्रको नेतृत्व गर्न सक्ने क्षमता बोकेका नेताहरु पनि नुवाकोटमा छन् । यो सम्भावनालाई समेत नर्कान सकिँदैन । तर, अहिले मैले एबीसी मात्रै भनेको छु ।

कोइराला विरासतको कुरा छ नि ? त्यसलाई जोगाउन लाग्ने कि ?

यो पार्टी निमार्ण गर्न सुवर्णशमसेरको त्याग, तपस्या वलिदानीलाई नकार्न सकिँदैन । सुवर्णसमसेर नभएको भए सायद यो पार्टी यो अवस्थामा आउने थिएन । होला, त्यसबेला वीपी कोइरालाको विचार, उहाँको आदर्श, उहाँको जुन किसिमको एउटा बौद्धिकता थियो, उहाँको त्यो बौद्धिक क्षमताले आफ्नो ठाउँमा काम गर्‍यो । तर, यो पार्टीलाई हरेक दृष्टिकोणले यो ठाउँमा पुर्‍याउने कुरामा सुवर्ण शमसेरको त्यत्तिकै भूमिका रहेको छ । त्यसकारण कोइराला नभएको भए यो पार्टी यो अवस्थामा पुग्दैनथ्यो भन्ने म मान्दिनँ । तर, कोइराला परिवारको संभावना रहेको पनि नकार्दिनँ ।

तपाईँचाँहि आगामी महाधिवेशनबाट प्रदेशको नेतृत्व गर्ने कि केन्द्रमा जाने ?

मेरो इच्छा अब तीन नम्बर प्रदेशको सभापति हुने हो । मभन्दा सिनियर कोही हुनुभयो भने स्वीकार्छु, नभए म सशक्त दाबेदार हो । चारपटक जिल्लाको सभापति भएँ । अब जाने त्यहीँ हो । केन्द्रीय सदस्य हुनलाई त त्यति गाह्रो नहोला । तर, नेतृत्वमै बस्ने इच्छा छ, हेरौं पहल गरिरहेकै छु ।


Viewing all articles
Browse latest Browse all 1397

Trending Articles