Quantcast
Viewing all articles
Browse latest Browse all 1402

‘माथिल्लो स्तरको क्रिकेट खेल्ने क्षमता नेपालसँग छ’

Image may be NSFW.
Clik here to view.
david-richardson

काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का सीइओ डेभिड रिचर्डसन आइतबार अपराहृन पत्रकारहरुमाझ उपस्थित भए ।

अबको ४/५ वर्षमा आईसीसीको माथिल्लो स्तरको कुनै पनि प्रतियोगिता खेल्ने र नकआउट चरणमा पुग्ने क्षमता नेपालमा छ

उनले नेपालको क्रिकेट कल्चरको प्रशंसा गरे र अबको केही वर्षमा आइसीसीले गर्ने कुनै पनि माथिल्लो स्तरको प्रतियोगिता खेल्ने क्षमता रहेको धारणा राखे ।

उनका अनुसार १०१५ देखि ०१९ सम्म आईसीसीको रणनीतिक योजना छ र जसको एउटा उद्देश्य क्रिकेटिङ देशहरुको विकास गर्नु हो, जो माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् ।  ‘केही हप्ता अगाडि हामीले बेलायतमा च्याम्पियन्स ट्रफी सार्वजनिक गरेका थियौं, त्यस क्रममा मैले नेपालको नामै लिएर भनेको थिएँ कि नेपाल ठूलो सम्भावना बोकेको देश हो’ उनी भन्छन्, ‘अबको ४/५ वर्षमा आईसीसीको माथिल्लो स्तरको कुनै पनि प्रतियोगिता खेल्ने र नकआउट चरणमा पुग्ने क्षमता नेपालमा छ ।’

‘यो हल्का रुपमा भनिएको होइन । तपाईहरुसँग स्वभाविक क्षमता छ नै, यहाँ क्रिकेट कल्चर पनि छ ।’

‘आइसीसीको फुल मेम्बरहरुमा क्रिकेट कल्चर छ । तर, अरु एशोसिएट नेशहरु हल्याण्ड, आयरल्याण्ड, स्कटल्याण्ड लगायतले जसले माथिल्लो लेभलको क्रिकेट खेलेका छन् र उनीहरु युरोपमा छन् । तर, नेपालको जस्तो क्रिकेट कल्चर छैन ।’

रिचर्डसन नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्ड र क्रिकेटका सरोकारबालासँग भेट गरेको छ । उनले भने, ‘हामी नेपालको क्रिकेट असफल भएको हेर्न चाहँदैनौं । नेपाल क्रिकेट सफल होस् भन्नुमा हाम्रो निहित स्वार्थमा पनि छ । नेपाल क्रिकेट सफल मात्र होइन, पछिल्लो ४/५ वर्षमा पाएको सफलतालाई अझ उचाईमा पुर्‍याउनु पनि हो ।’

‘यो हाम्रो भ्रमणको उद्देश्य भन्नु नै अप्रिलमा आइसीसीको बोर्डले निलम्बन गरेको नेपाल क्रिकेट संघटलाई कसरी पुनरागमन गर्न सकिन्छ भन्ने रोडम्याप बनाउन हो ।’

‘यो रोडम्यापको अबको कदम भनेको सल्लाहकार कमिटी गठन हो । यसलाई आईसीसी सल्लाहकार कमिटी भनिनेछ र नेपाल क्रिकेटका सरोकारबाला सदस्य रहनेछन् ।’

उनका अनुसार यसको कार्यादेश भनेको नेपाल क्रिकेट संघको वर्तमान विधानको पुनरावलोकन गर्ने र यसमा संशोधन गर्ने कि नयाँ ल्याउने भन्ने सुझाव दिने र सुधारिएको विधान अनुसार नयाँ निर्वाचनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने हो ।

सीइओ रिचार्डसनले भने, ‘प्रधानमन्त्री र मन्त्रीसँगको बैठक उत्साहजनक रहृयौं । हामीले नेपाली क्रिकेटको अथाह सम्भावनाबारे कुरा गर्‍यौं । नेपाली क्रिकेटलाई नयाँ जग चाहिएको छ, जसमाथि बसेर क्रिकेट अगाडि बढाउन सकियोस् ।’

सल्लाहकार समिति कस्तो हुन्छ ?

यसमा नेपाल क्रिकेटका सरोकारवाला पक्ष हुनेछन् । यसमा नेपाल सरकार, राखेप र नेपाली क्रिकेट समुदाय हुनेछ । तर, हामीले अझै नामहरु तय गर्न बाँकी छ । अहिले मैले तपाईलाई भनिरहेको बृहतर अवधारणा हो । धेरै टुंगो लगाउन बाँकी छ । मलाई आशा छ, आगामी दुई साताभित्र यो कमिटीको घोषणा हुनेछ ।

यो कमिटीको नेतृत्व कसले गर्छ ?

सल्लाहकार समितिले नेपाल क्रिकेट संघको विधान पुनरावलोकन गरेपछि यदि त्यो नयाँ विधान अनुसार चुनाव हुन्छ भने सबै खुसी हुनेछन् र नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप नभएको ठहरिनेछ

के भइरहेको छ भनेर मैले व्यक्तिगत रुपमा जानकारी लिइरहने छु । अर्को कुरा, तपाईहरुलाई थाहा नै होला, टिम एण्डरसनले राजीनामा दिनु भएको छ र अष्ट्रेलिया गइसक्नु भएको छ । उहाँले हामीलाई अमेरिकाको प्रोजेक्टमा सहयोग गर्दै हुनुहुन्छ ।

हामीले टिमको सट्टामा नयाँ म्यानेजरलाई छिट्टै नियुक्त गर्दैैछौं । तर, तत्कालका लागि अमर शेखले हेर्नुहुन्छ । उहाँ लामो समयदेखि आईसीसी क्रिकेटमा काम गर्नु भएको छ र उहाँलाई नेपाल क्रिकेटको बारेमा राम्रोसँग थाहा छ ।

तपाईले जुन प्रक्रिया भन्नु भो, यो अनुसार त अझै दुई तीन वर्ष लाग्ने सम्भावना देखिन्छ । त्यसबेलासम्म कसरी चल्छ ?

प्रथमत म के भन्न चाहन्छु भने दुई तीन वर्ष भन्दा धेरै चाँडै हुनेछ भन्ने म विश्वास गर्छु । आईसीसीको योजना छ कि सबै सेटलमेन्ट जुन २०१७ भित्र गर्ने हो ।

हामीले राखेप, प्रधानमन्त्री र सरोकारवाला पक्षसँग कुरा गरिसक्यौं । निर्वाचित कमिटी र तदर्थ समितिसँग पनि कुरा भएको छ । र, हामीलाई लाग्छ जुन २०१७ भन्दा चाँडै पनि समस्या समाधान हुनसक्छ । यसो भइरहँदा नेपाल क्रिकेट टिम, यू-१९ र महिला टिम समस्यामा नपरोस् भन्न आईसीसी चाहन्छ । नेपालमा रहेका स्टेकहोल्डरहरुसँग मिलेर उनीहरुको तयारीमा कुनै कमी हुनदिन्नौं ।

आइसीसीले सल्लाहकार कमिटी बनाएपछि प्रतिवन्ध फुकुवा हुने हो ?

सल्लाहकार समितिले धेरै काम गर्नु पर्नेछ । निलम्बनको मुख्य कारण के हो भने आइसीसीको विधानमा सदस्यले स्वतन्त्र र निश्पक्ष चुनाव गर्नुपर्छ । नेपालमा यसो नभएकाले नै आइसीसीले नेपालमाथि प्रतिवन्ध लगाउनु परेको हो । यसकारण हामीले नेपाल क्रिकेटमा त्यस्तो विधान जारी गर्नुपर्छ, जुन नेपालको क्रिकेट समुदायले मानोस् र आइसीसीको विधानको भावनासँग मेल खाओस् ।

सल्लाहकार समितिले नेपाल क्रिकेट संघको विधान पुनरावलोकन गरेपछि यदि त्यो नयाँ विधान अनुसार चुनाव हुन्छ भने सबै खुसी हुनेछन् र नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप नभएको ठहरिनेछ । नेपालले आइसीसीमा पुन स्थान पनि पाउनेछ ।

यदि यो विचमा अदालतको फैसला आयो भने ?

हामीलाई थाहा छैन कि त्यो फैसला कहिले आउँछ । हामी अदालतको प्रक्रियामा हस्तक्षेप गर्न खोजिरहेका छैनौं । अदालतले जे फैसला गर्छ, हामीले त्यो मान्नुपर्ने हुन्छ ।

यदि नेपालमा क्रिकेटमा विकास गर्ने हो भने क्रिकेट समुदायका सबैले क्रिकेट बोर्डलाई मान्नुपर्छ । त्यसैले हामी चाहन्छौं कि सबै पक्ष मिलुन् र सहमतिमा विधान जारी होस् ।

अनि आइसीसीले नेपाललाई दिने पैसा के हुन्छ ? के क्रिकेट संघले पाउने पैसा अब सल्लाहकार समितिले पाउँछ ?

नेपाल क्रिकेट संघ अझै पनि प्रतिवन्धित नै रहनेछ । आइसीसीले नेपाललाई दिनु पर्ने पैसा हामीले छुट्याएर राखेका छौं । र, यो पैसा हामीले नेपाल क्रिकेट अन्तरिम समयमा धरासायी नहोस् भनेर खर्च गर्नेछौं । राष्ट्रिय टोलीहरुको बन्द प्रशिक्षण र अन्तराष्ट्रिय सहभागितामा सहयोग गर्छौं । साथै हामीलाई थाहा छ कि क्रिकेट मैदानमा काम गर्ने कर्मचारीहरुलाई पनि पैसा दिनु पर्नेछ ।

दुई तहको टेष्ट संरचनाको कुुरा आएको थियो । तर, बीसीसीआईकै अध्यक्षले विरोध गरेका छन् । यो के हुन्छ ?

यो प्रस्तावबारे आइसीसीको अक्टोबर बैठकमा छलफल हुन्छ । आइसीसीका पूर्ण सदस्यहरुको बैठक अबको केही दिनमा दुबईमा हुँदैछ । यो बैठकमा पनि छलफल हुन्छ ।

दुई तहको टेष्ट संरचना बनाउने प्रस्ताव सर्वस्वीकार्य भएको छैन र यसबारे अझै धेरै छलफल हुन बाँकी छ । मलाई लाग्छ, दिर्घकालमा हामी यस्तो संरचना बनाउन चाहन्छौं, अफगानिस्तान, नेपाल, आयरल्याण्ड जस्ता देशका लागि आफ्नो प्रदर्शनका आधारमा पूर्ण सदस्यहरुसँग टेष्ट क्रिकेट खेल्न पाउने अवसर मिलोस् ।

अहिलेको अवस्थामा हामीसँग त्यस्तो तरिका छैन, इन्टरकन्टिनेन्टल कप जित्यो भने खेल्यो नत्र केही छैन । हामी यसलाई परिर्वतन गर्न चाहन्छौं । हामीले चाहेको यस्तो संरचना हो, जसले राम्रो प्रदर्शन गर्ने टोलीलाई पुरस्कृत गर्छ ।


Viewing all articles
Browse latest Browse all 1402

Trending Articles